Sagun Khabar
गौरीफन्टा नाकामा झडप, चार जना प्रहरीको नियन्त्रणमा 

कैलाली –गौरीफन्टा नाकाबाट प्रहरीले दुई महिलासहित ४ जनालाई नियन्त्रणमा लिएको छ । नाकाबाट अवैध रुपमा सामान लिएर आइरहेका दुई जना महिलालाई सोमबार राति प्रहरीले नियन्त्रणमा लिएको हो । 

धनगढी उपमहानगरपालिका–२ का रिचा कुँवर र मञ्जु कुँवरलाई नाकाबाट सामान ल्याइरहेको अवस्थामा गाडीमा गस्ती गरिरहेका भन्सार कार्यालय कैलालीका कर्मचारीले फेला पारेका प्रहरीले जनाएको छ । उनीहरुले ल्याएको सामान नियन्त्रणमा लिँदा भन्सार कार्यालयका गाडी चालक रोहित महतामाथि हातपात गरिएको थियो । 

रिचा र मञ्जुले चालकमाथि हातपात गरी उनको कपडा समेत च्यातेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए । गाडी पनि तोडफोड गरिएको उनले बताए । 

Atrya hospital

गाडी तोडफोडमा रिचाका श्रीमान कालुसिंह कुँवर पनि संलग्न रहेको पाइएकाले उनलाई पनि नियन्त्रणमा लिएको डिएसपी जोशीले  बताए । तर, महिलाहरुले भने आफूहरुमाथि हातपात भएको, नाकमा लगाएको फुली हराएको, आफूहरुबाट दुई हजार रकम माग गरिएको जस्ता आरोप लगाइरहेको प्रवक्ता जोशीले बताए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update