Sagun Khabar
भटमासमा खपटे किराको प्रकोप, बैतडीका किसान चिन्तित 

बैतडी –बैतडीका विभिन्न स्थानमा भटमासमा खपटे किराको प्रकोप देखिएको छ । बारीमा लगाएको भटमासमा खपटे किराले क्षति पुर्याएको किसानहरुले बताएका छन् । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ८ ढोलेमा भटमासमा खपटे किराको प्रकोप देखिएको स्थानीय तेजन बोहराले बताए । 

किराले गाउँभरी भटमास सखाप पारेको उनले बताए । जिल्लाको मुख्य दलहन बालीको रुपमा रहेको भटमासमा किराले क्षति पुर्याएपछि स्थानीय किसानहरु चिन्तित बनेका छन् । बारीमा लगाएको भटमासमा खपटे किराले सखाप पारेको स्थानीय जहरे बोहराले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

खपटे किरा नियन्त्रणका लागि बिषादी प्रयोग गर्नुपर्ने कृषि प्राविधिकहरुले बताएका छन् । किराको प्रकोप नियन्त्रणका लागि मालाथाइन र साइबर मेक्सिफ्रन प्रयोग गर्न सकिने कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत नरेन्द्र चन्दले जानकारी दिए । 

खपटे किराको प्रकोप बढी भएमा केन्द्रका तर्फबाट आकस्मिक बाली संरक्षण कार्यक्रम अन्तर्गत सम्बन्धित ठाउँमै गएर किसानहरुलाई सेवा दिइने चन्दले बताए । 
 

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update