Sagun Khabar
सामुदायिक वन दिवसको अवसरमा बैतडीमा सामूहिक वृक्षारोपण 

बैतडी –सामुदायिक वन दिवसको अवसरमा आज बैतडीमा सामूहिक वृक्षारोपण गरिएको छ । जिल्ला अस्पताल बैतडीको हाताभित्र वृक्षारोपणा गरिएको हो । 

‘सुशासन र समृद्धि, सामुदायिक वनमा उद्यम र उद्यमि’ भन्ने मुल नाराका साथ दिवस मनाइएको र दिवसको अवसरमा वृक्षारोपणा गरिएको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

दिवसको अवरमा करिब ३ सय विरुवाहरु रोपिएका छन् । ओखर, लप्सी, टिमुर, फुलहरु लगायतका विरुवा रोपिएको डिभिजन प्रमुख कँडेलले बताए  । बिरुवा रोपिएका ठाउँमा तारबार समेत गरिने उनले बताए ।

वृक्षारोपणले जिल्ला अस्पताल वरिपरिको वातावरणमा पनि सकारात्मक प्रभाव पार्ने जिल्ला अस्पतालका व्यवस्थापक सुमन महराले बताए  । महराका अनुसार अस्पतालमा आउने बिरामीका लागि शान्त वातावरण सृजना गर्न वृक्षारोपणका साथै बगैचा स्थापनको लागि पनि कार्यक्रम बनाईने छ ।  

वृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी लगायत सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update