सुदूरपश्चिममा थप ८४ जनामा कोरोना पुष्टि
बैतडी – सुदूरपश्चिममा मंगलबार थप ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलाली, कञ्चनपुर र बैतडीका सीमा नाकामा १ हजार ४३ जनाको एन्टीजेन विधिबाट नमुना परीक्षण गर्दा ६३ जनामा जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले दिपायल, डोटीले जनाएको छ ।
यस्तै सेती प्रादेशिक अस्पतालमा ५९ जनाको पीसीआर गर्दा १७ जना र अछामको कमल बजार अस्पतालमा ५ जनाको पीसीआर परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएकोे निर्देशनालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९ १८:११
प्रतिक्रिया दिनुहोस्




