Sagun Khabar
पञ्चेश्वर नागरिक आरोग्य केन्द्रमा पूर्वकर्म सेवा शुरु 

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं ४ स्थित नागरिक आरोग्य केन्द्रबाट पूर्वकर्म सेवा शुरु गरिएको छ । नागरिकको आयुर्वेद उपचार पद्दतिमा पहुँच वृद्धि गर्ने उद्देश्य सहित पूर्वकर्म सेवा अन्तर्गत स्वेदन र स्नेहन सेवा शुरु गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका प्रमुख हिक्मतबहादुर चन्दले बताए । 

बाथरोग, दुखाई लगायतका समस्याबाट पीडित भएका नागरिकलाई लक्षित गरेर स्नेहन र स्वेदन सेवा शुरु गरिएको चन्दले बताए । यो सेवाले बाथरोग र दुखाई बिरामीहरुलाई निकै राहत पुग्ने उनले बताए । यसका साथै मोटोपन घटाउन पनि यो पद्दति निकै लाभदायक रहेको चन्दले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

नागरिक आरोग्य केन्द्रमा मंगलबार एक कार्यक्रमकाबीच पूर्वकर्म सेवा शुरु गरिएको हो । गाउँपालिकाकी उपाध्यक्ष बीना भट्टले सो सेवाको उद्दघाटन गर्दै नागरिक आरोग्य केन्द्रले स्थानीयबासीको आयुर्वेद उपचार पद्दतिमा पहुँच बढेको बताइन् । 

जिल्लाका ४ ठाउँमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा रहेका छन् । जिल्लाको पुर्चौंडी नगरपालिका,सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा आरोग्य केन्द्र सञ्चालनमा रहेका छन् । अन्य पालिकाका आरोग्य केन्द्रमा पनि पूर्वकर्म सेवा शुरु गर्ने तयारी भएको चन्दले बताए । 
 

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update