Sagun Khabar
बैतडी प्रहरी र सरकारी वकिल कार्यालयको नाममा कारण देखाउ आदेश 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले जिल्ला प्रहरी कार्यलय बैतडी र सरकारी वकिल कार्यालको नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायधिश कृष्णलाल भट्टराईको इजलासले जिल्ला प्रहरी र सरकारी वकिलको कार्यालयको नाममा कारण देखाउ आदेश जारी गरेको हो । 

मेलौली नगरपालिका वडा नम्बर २ का निवर्तमान वडाध्यक्ष महेन्द्रबहादुर चन्दले आफूमाथी स्थानीयले कुटपिट गरेको र त्यसको उजुरी दुबै कार्यालयले नलिएको भन्दै परमादेशको माग राख्दै रिट निवेदन दिएका थिए ।  

उच्च अदालत फैसलाअनुसार महेन्द्रबहादुर चन्दको जाहेरी दर्ता नगर्नुको कारण खुलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्नु पर्ने छ ।  
 

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update