Sagun Khabar
बैतडी सहित १९ जिल्लाका साना नदी तथा खोलामा बाढीको खतरा 

बैतडी – बैतडी सहित देशका विभिन्न १९ जिल्लाका साना नदी तथा खोलामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर सतर्कता अपनाउन आग्रह गरेको हो । महाशाखाका अनुसार बैतडी, दार्चुला, बझाङ, डडेल्धुराका साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेको छ । 

यस्तै  दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख र  आसपास भइ बहने केही साना नदी र खोलामा बाढीको खतरा रहेकाले सतर्कता अपनाउन भनिएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

badi suchan 11660104284.png

badi suchan 21660104256.png

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update