Sagun Khabar
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बैतडीमा वक्तृत्वकला प्रतियोगिता 

बैतडी –अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर बैतडीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । अक्सफाम नेपाल, युवालय वामको आयोजना तथा दशरथचन्द नगरपालिका वडा नं ४ को समन्वयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । 

युवामैत्री स्थानीय तह निर्माणमा सरोकारवालाको भूमिका बिषयक वक्तृत्वकला प्रतियोगितामा नगरपालिकाभित्रका तीन विद्यालयको सहभागिता रहेको थियो । सो प्रतियोगितामा विरेन्द्र मावि शाहीलेकका दिपेन्द्र बहादुर बिष्ट प्रथम, मणिलेक मावि गुरुखोलाकी लक्ष्मी भाट द्वितीय, दशरथचन्द मावि सुन्दरखालीका सुमित बोहरा तृतीय र मणिलेक मावि गुरुखोलाका मुकेश भट्टले सान्त्वना स्थान प्राप्त गरेका छन् । 

प्रतियोगिताका विजेताहरुलाई शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले पुरस्कार वितरण गरेको युवालयका जिल्ला संयोजक कमला बिष्टले बताइन् । प्रतियोगिताका विजेताहरुलाई पुरस्कार स्वरुप विभिन्न शैक्षिक सामग्री वितरण गरिएको उनले बताइन् । युवाहरुको क्षमता विकासका लागि दिवसको अवसर पारेर वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको उनले बताइन् । 

Atrya hospital

हरेक बर्ष अगष्ट महिनाको १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको छ । अन्तरपुस्ताको ऐक्यबद्धता, सबै उमेर समूहमैत्री विश्व निर्माणमा प्रतिबद्धता भन्ने मूल नाराका साथ यो बर्ष दिवस मनाइँदैछ । दिवसलाई सप्ताहव्यापी रुपमा मनाउन विभिन्न कार्यक्रमको आयोजना गरिएको बिष्टले बताइन् । 
 

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update