Sagun Khabar
कांग्रेस दार्चुलाका पूर्व सभापति चन्द विपी कांग्रेसमा प्रवेश 

बैतडी –नेपाली काँग्रेस दार्चुलाका पूर्व सभापति मानबहादर चन्द नेपाली काँग्रेस (विपी) मा प्रवेश गरेका छन् । बुधबार नेपाली काँग्रेस (विपी) का बरिष्ठ उपसभापति कर्णबहादुर मल्लले उनलाई पार्टीमा स्वागत गरेका हुन् । 

हाल कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडा बस्दै आएका चन्द पार्टी प्रवेश गर्न नेपाली काँग्रेस (विपी) जिल्ला कार्य समितिको डडेल्धुराको कार्यालयमा पुगेका थिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

चन्दले २०२९ सालमा नेविसंघबाट राजीनितिक यात्रा सुरु गरेका थि ए। २०३६ सालमा नेपाली काँग्रेसमा सक्रिय भइ बहुदलको प्रचारप्रसारमा लागेका थिए । उनी २०४६ सालको जनआन्दोलमा जेल समेत परेका थिए । 

२०४७ सालमा दार्चुलामा नेपाली काँग्रेसको संगठन बिस्तार गरि जिल्ला सभापति बनेका उनी २०४८ सालको प्रतिनिधि सभाको चुनावमा स्वतन्त्र उम्मेदवारसँग झिनो मतान्तरले पराजित भएका थिए । 

प्रजातन्त्र प्राप्तपछि २०४९ सालमा पहिलो जननिर्वाचित जिल्ला विकास समितिको सभापति बनेका चन्द २०५९ सालमा नेपाली काँग्रेस प्रजातान्त्रिक दार्चुला सभापति समेत भएका थिए । 
 

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update