Sagun Khabar
सुदूरपश्चिममा थप ९४ जनामा कोरोना पुष्टि 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –सुदूरपश्चिममा बुधबार थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ हजार ५४ जनाको ऐन्टिजेन र ५३ जनाको पीसीआर परीक्षण गर्दा ९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल, डोटीले जनाएको छ । 

ऐन्टिजेन विधिबाट ७१ र  पीसीआर विधिबाट २३ जनामा संक्रमण फेला परेको निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ । हाल कैलालीको सेती प्रादेशिक अस्पतालमा ७ जना र डडेल्धुरा अस्पतालमा १ जना संक्रमितको उपचार भइरहेको बताइएको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update