Sagun Khabar
बैतडीमा विव्यस सदस्य छान्न निर्वाचन 

बैतडी –बैतडीको एक विद्यालयमा विद्यालय व्यवस्थापन समितिका सदस्य छान्नका लागि निर्वाचन भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका ६ स्थित सेटीगाउँ मावि ककरपाखामा विद्यालय व्यवस्थापन समितिका सदस्य छान्नका लागि बुधबार निर्वाचन भएको हो । 

दुई जना पुरुष सदस्यका लागि ७ जना अभिभावक आकाँक्षी देखिएपछि निर्वाचन गर्नुपरेको विद्यालयका शिक्षक राजेन्द्रप्रसाद जोशीले जानकारी दिए । दुई जना महिला सदस्य भने पहिला नै निर्विरोध चयन भइसकेका थिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

विद्यालय व्यवस्थापन समितिका सदस्यका लागि सहमति गर्न तीन पटक सम्म प्रयास गरेर पनि सम्भव नभएपछि निर्वाचन गरिएको हो । 

बुधबार सम्पन्न निर्वाचनबाट सबैभन्दा बढी १२४ मत ल्याएर दानसिंह माल र १२० मत ल्याएर हरिसिंह भण्डारी विजयी भएका छन् । 

सदस्य पदका अन्य आकांक्षी मध्ये हरिदत्त जोशीले १०६ मत, रामबहादुर बोहराले ११७ मत, पुष्पराज जोशीले ६५ मत, कर्ण नाथ योगीले ९१ मत र राम नाथ (तुफान)ले ५६ मत ल्याएका छन् । 

विद्यालय व्यवस्थापन समितिका सदस्य चयन भएपछि अब दुई जना सदस्य मनोनित गरी विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिइनेछ । सदस्यहरु मध्ये एकजनालाई अध्यक्ष छनौट गरिने विद्यालयका शिक्षक जोशीले बताए । 

पछिल्लो समयमा विद्यालयहरुमा समेत राजनीति हुन थालेको सरोकारवालाहरुले बताएका छन् । राजनीति खिचातानीकै कारण सेटीगाउँ माविमा पनि चुनाव भएको बताइएको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update