Sagun Khabar
पाटन नगरपालिकाले विद्यालय मर्जका लागि स्थलगत अध्ययन गर्ने 

बैतडी – बैतडीको पाटन नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालय समायोजनका लागि थप अध्ययन गर्ने भएको छ । पालिकाका तर्फबाट स्थलगत अध्ययन र अनुगमन गरेपछि विद्यालयहरुलाई मर्ज गर्ने, तह घटाउने लगायतका निर्णयहरु भएका नगरपालिकाका कार्यवाहक प्रमुख कमलसिंह बोहराले बताए । 

बुधबार बसेको नगर शिक्षा समितिको बैठकमा विद्यालयहरुलाई मर्ज गर्नका लागि थप स्थलगत अध्ययन र अनुगमन गर्नुपर्ने आवश्यकताका बिषयमा छलफल भएको थियो । यसअघि नगर शिक्षा समितिले गरेका निर्णयलाई कार्यान्वयनमा लैजानका लागि स्थलगत अनुगमन गर्ने र सोही प्रतिवेदनका आधारमा विद्यालयहरु मर्ज गरिने कार्यवाहक प्रमुख बोहराले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

बैठकमा वडास्तरबाट प्राप्त प्रतिवेदनका बिषयमा छलफल समेत भएको छ । सोही प्रतिवेदनलाई आधारमा मानेर अबका दिनमा अघि बढ्ने कार्यवाहक नगर प्रमुख बोहराले बताए । 

नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि विद्यालयहरुलाई मर्ज गर्ने, विद्यार्थी संख्याका आधारमा तह घटाउने लगायतका निर्णय भएका थिए । विद्यालयहरुमा स्थलगत अनुगमन गर्न अबको दुई तीन महिना लाग्ने बताइएको छ । 

यस्तै आवश्यकता आधारमा विद्यालयहरुमा नगर स्वयंसेवक शिक्षक समेत राख्ने तयारी भएको छ । विद्यालयहरुमा पठनपाठन क्रियाकलापलाई प्रभावकारी बनाउन आवश्यकताका आधारमा शिक्षक नियुक्त गरिने बोहराले बताए । 
 

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update