Sagun Khabar
बैतडीका स्थानीय तहमा झण्डै २ करोड ८० लाख असुल गर्नुपर्ने बेरुजु 

बैतडी –बैतडीका स्थानीय तहहरुमा बेरुजु रकम बढ्दै गएको छ । हरेक आर्थिक बर्षमा बेरुजु रकम बढ्दै गएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ । बैतडीका स्थानीय तहमा एक बर्षमा मात्रै झण्डै २ करोड ८० लाख असुल गर्नुपर्ने बेरुजु रकम देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

महालेखा परीक्षकको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७७÷७८ मा स्थानीय तहहरुमा २ करोड ७९ लाख ८८ हजार असुल गर्नुपर्ने बेरुजु रकम रहेको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

जिल्लाको १० ओटा स्थानीय तहमध्ये आर्थिक बर्ष २०७७÷७८ मा सबैभन्दा बढी सुर्नया गाउँपालिकामा ६५ लाख ५२ हजार असुल गर्नुपर्ने बेरुजु रकम देखिएको छ । यस्तै सिगास गाउँपालिकामा ४९ लाख ६५ हजार, दोगडाकेदार गाउँपालिकामा ४५ लाख ६५ हजार, मेलौली नगरपालिकामा २२ लाख र दशरथचन्द नगरपालिकामा २१ लाख ३० हजार असुल गर्नुपर्ने बेरुजु रकम देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

यस्तै पञ्चेश्वर गाउँपालिकामा १७ लाख ३७ हजार, पुर्चौंडी नगरपालिकामा १६ लाख ७९ हजार, डिलाशैनी गाउँपालिकामा १५ लाख ४ हजार र शिवनाथ गाउँपालिकामा ११ लाख ८८ हजार असुल गर्नुपर्ने बेरुजु रकम देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

नियमित गर्नुपर्ने र असुल गर्नुपर्ने बेरुजु रकम प्रत्येक बर्ष बढ्दै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 
स्थानीय तहहरुमा अनुगमन प्रभावकारी नभएको, आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको, वितरणमुखी कार्यक्रम सञ्चालन गरिएको कुरा उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update