Sagun Khabar
बैतडीमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४५ पुग्यो 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीमा कोरोनाका सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा बिहीबार थप ४ जनामा संक्रमण पुष्टि भएसंगै सक्रिय संक्रमितको संख्या ४५ पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपीन लेखकले जानकारी दिए । 

सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा २१ जना, पुर्चौंडी नगरपालिकामा ५ जना, दोगडाकेदार गाउँपालिकामा ३ जना र सुर्नया गाउँपालिकामा १ जना रहेका छन् । यस्तै बैतडीमा जिल्ला बाहिरका १५ जना सक्रिय संक्रमित रहेका छन् । 

बिहीबार ३ जना संक्रमणमुक्त भएका सूचना अधिकारी लेखकले बताए । कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले स्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९  ०७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update