Sagun Khabar
बैतडीका स्थानीय तहमा बेरुजुको चाङ, बेरुजु रकम डेढ अर्ब नाघ्यो  
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीका स्थानीय तहहरुमा बेरुजु रकमको चाङ बढ्दै गएको छ । हरेक बर्ष बेरुजु रकम बढ्दै गएपछि जिल्लाका स्थानीय तहहरुको बेरुजु रकम डेढ अर्ब नाघिसकेको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७७÷७८ सम्म बैतडीका स्थानीय तहहरुमा १ अर्ब ५७ करोड ५ लाख ४२ हजार बेरुजु रकम देखिएको छ । 

यो मध्ये केही असुल उपर गर्नुपर्ने बेरुजु रकम रहेको छ भने केही कागजपत्र अपुग भएको बेरुजु रकम रहेको छ । जिल्लाको सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ३४ कारेड १५ लाख ५० हजार बेरुजु रकम रहेको छ । यस्तै डिलाशैनी गाउँपालिकामा २२ करोड ६६ लाख ६० हजार बेरुजु रहेको छ । सिगास गाउँपालिकामा १७ करोड ७ लाख ६७ हजार, सुर्नया गाउँपालिकामा १५ करोड ३४ लाख ९९ हजार र पञ्चेश्वर गाउँपालिकामा १४ करोड ९९ लाख ३७ हजार बेरुजु रहेको छ । 

यसैगरी पुर्चौंडी नगरपालिकामा १२ करोड ४१ हजार १७ हजार, शिवनाथ गाउँपालिकामा ११ करोड २७ लाख ३३ हजार, मेलौली नगरपालिकामा ९ करोड ९१ लाख ८० हजार, पाटन नगरपालिकामा ९ करोड ३१ लाख ७२ हजार र दोगडाकेदार गाउँपालिकामा ८ करोड ८९ लाख २७ हजार बेरुजु रकम रहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update