Sagun Khabar
नेपाल राष्ट्रिय निर्माण व्यवसायी संघको केन्द्रिय सदस्यमा बैतडीका बोहरा 

बैतडी –नेपाल राष्ट्रिय निर्माण व्यवसायी संघको केन्द्रिय सदस्यमा बैतडीका निर्माण व्यवसायी नवीन बोहरा (निर्माण) चयन भएका छन् । केही दिन पहिला काठमाण्डौंमा सम्पन्न भएको अधिवेशनबाट बोहरा केन्द्रिय सदस्यमा सर्वसम्मत रुपमा चयन भएका हुन् । 

नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय निर्माण व्यवसायी संघको केन्द्रिय सदस्यमा चयन भएपछि बोहराले आफूले निर्माण व्यवसायीको हकहितका लागि काम गर्ने बताए । बैतडीको पुर्चौंडी नगरपालिका ५ घर भएका बोहरा युद्धकालमा जनमुक्ति सेना समेत रहेका थिए । 

अहिले पुर्चौंडी निर्माण सेवा नामक कम्पनी खोलेर आफूले निर्माण व्यवसाय गरिरहेको बोहराले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update