Sagun Khabar
बैतडीका पालिकाहरुले ऐन विपरीत ७० लाख बढी आर्थिक सहायता वितरण गरे 
DCM.jpg

बैतडी –स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहहरुले आर्थिक सहायता, चन्दा, पुरस्कार एवं संस्थागत अनुदानमा रकम खर्च गर्न नपाइने व्यवस्था गरेको छ । तर बैतडीका केही स्थानीय तहहरुले आर्थिक सहायताको नाममा लाखौं रुपैंया खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । प्रतिवेदनमा यस्तो खर्च नियन्त्रण गर्नुपर्ने टिप्पणी समेत लेखेको छ । 

महालेखा परीक्षकको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७७÷७८ मा बैतडीका ५ ओटा स्थानीय तहहरुले आर्थिक सहायतामा ७० लाख ५५ हजार ८ सय खर्च गरेका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

आर्थिक सहायतामा सबैभन्दा बढी दशरथचन्द नगरपालिकाले २७ लाख ९९ हजार ८ सय खर्च गरेको छ । यस्तै पाटन नगरपालिकाले २४ लाख ९७ हजार, दोगडाकेदार गाउँपालिकाले १३ लाख २९ हजार, मेलौली नगरपालिकाले २ लाख १५ हजार र पुर्चौंडी नगरपालिकाले पनि २ लाख १५ हजार आर्थिक सहायतामा खर्च गरेको छ । 

महालेखा परीक्षकको प्रतिवेदनमा यस्तो खर्च नियन्त्रण गर्नुपर्नेमा जोड दिइएको छ । आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update