Sagun Khabar
महाकालीमा बगेर बेपत्ता भएका किशोरी फेला परेनन्,खोजी कार्य जारी 

बैतडी –महाकाली नदीमा बगेर बगेर बेपत्ता भएका दुई जना किशोरी अझै फेला परेका छैनन् । शुक्रबार दिउँसो नुहाउने क्रममा दशरथचन्द नगरपालिका ८ की १५ बर्षीया संगीता टमाटा र १६ बर्षीया कविता टमाटा बगेर बेपत्ता भएकी हुन् । 

महकाली नदी किनार मौरा भन्ने स्थानबाट उनीहरु बगेर बेपत्ता भएका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए । शुक्रबार दिउँसो बगेर बेपत्ता भएकाहरुको बारेमा साँझ मात्रै प्रहरीलाई खबर भएको थियो । 

स्वास्थ्य सन्देश
Atrya hospital

शुक्रबार राति पनि खोजी गरेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले शनिबार बिहानैदेखि बेपत्ता भएकाहरुको खोजी कार्य शुरु गरेको निमित्त प्रमुख जिल्ला अधिकारी भारतीले बताए । 

उनीहरु बगेर बेपत्ता भएको बारेमा झुलाघाट बाहेक अन्य ठाउँमा रहेका सशस्त्र प्रहरीका बिओपीलाई पनि जानकारी गराइएको छ भने सीमामा रहेका भारतीय सुरक्षाकर्मीहरुलाई समेत जानकारी गराइएको निमित्त प्रमुख जिल्ला अधिकारी भारतीले बताए । 
 

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update