बैतडीका बालबालिकाले गरे गाउँको बाटो मर्मत
बैतडी –बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ मा बालबालिकाहरुले बाटो मर्मत गरेका छन् । दशरथचन्द नगरपालिका वडा नं १ देउमडा टोलदेखि देउलगडा टोल सम्मको बाटो मर्मत गरिएको दशरथचन्द नगर बालसञ्जालका अध्यक्ष उमेश बडूले बताए ।
भवानी बालक्लब देउमडामा आवद्ध बालबालिकाहरुले गाउँमा ओहोरदोहर गर्ने बाटो मर्मत गरेका हुन् । बर्षातका कारण बाटोमा हिड्नका लागि समस्या भएपछि बाटो मर्मत गरिएको अध्यक्ष बडूले बताए ।
बर्षातका कारण बाटो भत्किएर बालबालिका तथा वृद्धवृद्धाहरुलाई बाटोमा हिड्न समस्या भइरहेका बेला आफूहरुले बाटो मर्मत गरेका बालक्लबका सदस्यहरुले बताएका छन् ।
प्रकाशित मिति: शनिबार, साउन २८, २०७९ ०९:५१
प्रतिक्रिया दिनुहोस्




