Sagun Khabar
शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको २८ औं बार्षिक साधारण सभा सम्पन्न 

बैतडी –शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको २८ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा दशरथचन्द नगरपालिकका पूर्व नगरप्रमुख नरेन्द्रसिंह थापा प्रमुख अतिथी रहेका थिए । 

साधारणसभामा दशरथचन्द नगरपालिकाका पूर्व उपप्रमुख मीना चन्द र मेनेजर तेजबहादुर चन्द ट्रष्टका अध्यक्ष ग्रिस चन्द बिशिष्ट अतिथी रहेका थिए । 

साधारणसभामा प्रतिष्ठानका कोषाध्यक्ष हरिश रावलले ४२ लाख बराबरको आयव्यय विवरण प्रस्तुत गरेका छन् । कोभीडका कारण गत बर्ष बार्षिक साधारण सभा सम्पन्न गर्न नसकेको र यो बर्ष साधारण सभा सम्पन्न गरिएको प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानले शहीद दशरथ चन्दका बारेमा जानकारी दिने, उनको  सम्मानमा विभिन्न कार्यक्रम गर्दै आएको छ । प्रतिष्ठानकै पहलमा शहीद चन्द जन्मेको घरलाई पाहुना घर बनाइएको छ भने एम्बुलेन्स सेवा समेत सञ्चालनमा ल्याएको छ । शहीद दशरथच चन्दको जीवनीका बारेमा जानकारी दिन प्रतिष्ठानले सुशील स्मारिका समेत प्रकाशन गर्दै आएको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update