बैतडी –बैतडीको पाटन नगरपालिका ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडा तीनतारे घोषणा भएको छ । शनिबार एक कार्यक्रमकाबीच विद्यालयलाई तीनतारे घोषणा गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताए ।
तीनतारे विद्यालयका लागि आवश्यक सूचक पूरा भएपछि विद्यालयलाई तीनतारे घोषणा गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सांसद प्रेमप्रकाश भट्ट( आदित्य) प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरा बिशिष्ट अतिथी रहेका थिए ।
विद्यालयमा खानेपानी, शौचालय, सफा स्वच्छ हरियाली वातावरण, खानाको स्वच्छता, महिनवारी स्वच्छता व्यवस्थापन लगायतका १० ओटा सूचक पूरा भएपछि विद्यालयलाई तीनतारे घोषणा गरिएको हो ।
विद्यालयलाई तीनतारे घोषणा लागि युनिसेफ नेपालको आर्थिक सहयोगमा रुडेस बैतडीले पनि प्राविधिक सहयोग गरेको रुडेसका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए ।
विद्यालयलाई नमूना बनाउने अभियान जारी रहेको र यसै अभियान अन्तर्गत तीनतारे विद्यालय घोषणा गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाटले बताए ।




