Sagun Khabar
बैतडीमा थप पाँच जनामा कोरोना पुष्टि 

बैतडी –बैतडीमा आइतबार थप ५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार झुलाघाट र जिल्ला अस्पतालमा गरिएको एन्टीजेन परीक्षणमा थप ५ जनामा कोरोना पुष्टि भएको हो । यस्तै आइतबार दुई जना कोरोना मुक्त भएका छन् । 

अहिले जिल्लामा ४३ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयका सूचना अधिकारी बिपीन लेखकले बताए । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १९ जना, पुर्चौंडी नगरपालिकामा ६ जना र दोगडाकेदार गाउँपालिकामा ४ जना रहेका छन् । यस्तै बैतडीमा जिल्ला बाहिरका १४ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update