Sagun Khabar
बैतडीका चार पालिकाले गरे भूमी आयोगसंग सम्झौता 

बैतडी –बैतडीका चार ओटा स्थानीय तहहरुले राष्ट्रिय भूमी आयोगसंग सम्झौता गरेका छन् । पालिकामा रहेका अव्यवस्थित बसोबासी, भूमीहिन, दलित र सुकुम्बासीको तथ्यांक संकलनका लागि उनीहरुले सम्झौता गरेका हुन् । 

जिल्लाको पञ्चेश्वर गाउँपालिकाले पहिला नै आयोगसंग सम्झौता गरेको थियो भने मेलौली नगरपालिकाले केही दिन पहिला आयोगसंग सम्झौता गरेको थियो । 

जिल्लाको शिवनाथ गाउँपालिका र पाटन नगरपालिकाले आइतबार मात्रै राष्ट्रिय भूमी आयोगमा पुगेर सम्झौता गरेको राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिंह ऐरले जानकारी दिए । 

जिल्लामा रहेका अव्यवस्थित बसोबासी, सुकुम्बासी र भूमीहिनहरुको तथ्यांक संकलन गरी उनीहरुका समस्या समाधानका लागि आयोगले काम गर्ने भएकाले अन्य स्थानीय तहहरुलाई पनि सम्झौताका लागि आग्रह गरेको अध्यक्ष ऐरले बताए । उनले भने ‘पालिकाहरुले सम्झौता गरेमा तथ्यांक संकलनको काम अघि बढ्छ । त्यसैले हामीले पालिकाहरुसंग सम्झौता गर्न आग्रह गरिरहेका छौं ।’

स्थानीय तहहरुले राष्ट्रिय भूमी आयोगसंग सम्झौता नगरेका कारण खासै काम अघि बढ्न सकेको छैन् । 
 

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update