बैतडी – जिल्ला प्रहरी कार्यालय बैतडीमा नयाँ प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही हाजिर भएका छन् । केही दिन पहिला प्रहरी प्रधान कार्यालयले शाहीलाई बैतडीको प्रहरी प्रमुखममा सरुवा गरेको थियो ।
डीएसपी रमेशबहादुर पालको सरुवा भएपछि शाही प्रहरी प्रमुखको रुपमा बैतडीमा हाजिर भएका हुन् । नयाँ प्रहरी नायब उपरीक्षक शाही सोमबार बैतडी हाजिर भइसकेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले जानकारी दिए ।
केहीदिन पहिले निवर्तमान डीएसपी रमेशबहादुर पालको प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन शाखामा सरुवा भएको थियो ।
कैलाली घर भइ पश्चिम नवलपरासीमा कार्यरत प्रेमबहादुर शाही नयाँ प्रहरी प्रमुखको रुपमा बैतडी आएका हुन् । बैतडीका पुगेका शाहीले जिल्लाको शान्ति सुरक्षा कायम गर्न, अपराध न्यूनीकरण गर्न आफूले पहल गर्ने बताए । भर्खर बैतडी पुगेकाले वस्तुस्थिती बुझ्ने काम भइरहेको उनले बताए ।




