Sagun Khabar
सुदूरपश्चिममा थप एक सय जनामा कोरोना पुष्टि 

बैतडी – सुदूरपश्चिममा दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतसंग सीमा जोडिएका यो प्रदेशका जिल्लाहरुमा संक्रमितको संख्या बढ्दै गएको हो । आज सोमबार थप एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय  दिपायल डोटीले जनाएको छ । 

कैलाली, कञ्चनपुर, बैतडी र डोटीमा ८१६ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा १०७ जनाको पीसीआर परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिममा अहिले सम्म ५ लाख ७१ हजार ९ सय ४५ जनाको कोरोना परीक्षण गर्दा ६० हजार ८ सय ८९ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट प्रदेशभरी अहिले सम्म ६ सय ३४ जनाको मृत्यु भएको छ भने बाँकीले कोरोना जितेका छन् । 
 

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update