Sagun Khabar
कैलालीमा शिक्षकको लाइसेन्स परीक्षामा भिडिओ बनाउने परीक्षार्थीलाई कारवाही 

बैतडी –शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र(लाइसेन्स) को परीक्षामा भिडिओ बनाएर सामाजिक सञ्जालमा राख्ने एक परीक्षार्थीलाई कारवाही गरेको छ । यहि साउन २८ गते कैलालीस्थित धनगढीको त्रिभुवन मावि बोराडाँडीको ‘ख’ केन्द्रबाट परीक्षा दिएका विनोदकुमार बम्मलाई आयोगले कारवाही गरेको हो । 

मर्यादा विपरीत प्रश्नपत्र र उत्तरपुस्तीकाको भिडिओ बनाएर सामाजिक सञ्जालमा राखेको भन्दै आयोगले उनको परीक्षा रद्द गरेको जानकारी दिएको छ । 

बम्मलाई शिक्षक नियमावली, २०५७ को नियम २६ को उपनियम १ अनुसार अनुमति पत्रको दरखास्त रद्द गरिने गरि कारवाही गरिएको र सोही नियमावलीको नियम ४३ अनुसार आउँदो २ वर्षसम्म आयोगको कुनै परीक्षामा सहभागी नहुने गरि रोक लगाइएको शिक्षक सेवा आयोगले जनाएको छ ।

TSC1660566220.jpg

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update