Sagun Khabar
बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेला, ९ सदस्यीय तदर्थ समिति गठन 

बैतडी –राष्ट्रिय स्वतन्त्र पार्टीको बैतडीमा जिल्ला भेला सम्पन्न भएको छ । मंगलबार बैतडी सदरमुकाममा सम्पन्न भएको भेलाले ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ । गजबहादुर बोहराको सभापतित्वमा गठन भएको समितिको सचिवमा हरिशप्रसाद जोशी रहेका छन् । भेलाले अन्य सात जना सदस्यहरुले चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम प्रदेश समिति सचिव भोजराज जोशी (क्वालिटी)ले जानकारी दिए । 

तदर्थ समितिले अब पालिका तथा वडाहरुमा पार्टीको संगठन विस्तार गर्ने र त्यसपछि जिल्ला समिति गठन गर्ने सचिव जोशीले बताए । भदौ महिनाभित्र पालिका र वडा समिति गठन गरिसक्ने लक्ष्य लिइएको उनले बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, दार्चुला र बैतडीमा तदर्थ समिति गठन गरिसकेको छ भने अन्य जिल्लाहरुमा पनि तदर्थ समिति गठन गर्ने कार्य चाँडै हुने जोशीले बताए । 
 

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update