सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि
बैतडी –सुदूरपश्चिममा मंगलबार थप ४५ जनामा कोरोना पुष्टि भएको छ । ७६५ जनाको एन्टीजेन परीक्षण गर्दा २८ र ५२ जनाको पिसीआर परीक्षण गर्दा १७ जना गरी थप ४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल,डोटीले जनाएको छ ।
मंगलबार २१ जना कोरोनामुक्त भएका छन् । सुदूरपश्चिमका भारतसंग सीमा जोडिएका जिल्लाहरुमा संक्रमितको संख्या बढ्दै गएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएकाले स्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९ १७:५९
प्रतिक्रिया दिनुहोस्




