सुदूरपश्चिममा आज सार्वजनिक बिदा
बैतडी –सुदूरपश्चिम प्रदेश सरकारले आज (भाद्र १) गते सार्वजनिक बिदा दिएको छ । ओल्के पर्वको अवसरमा आज प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिइएको जनाइएको छ ।
सुदूरपश्चिमका पहाडी समुदायमा भाद्र १ गतेलाई ओल्के पर्वको रुपमा मनाउने गर्दछन् । ओल्के पर्वको दिन आफन्त तथा इष्टमित्रहरुलाई मिठो मसिनो खानेकुरा र कोसेली दिने चलन रही आएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १, २०७९ ०७:३२
प्रतिक्रिया दिनुहोस्




