Sagun Khabar
भारतमा ट्याक्टर दुर्घटना हुँदा बैतडीका एकजनाको मृत्यु 

बैतडी –भारतमा ट्याक्टर दुर्घटनामा परेर बैतडीका एकजनाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ४ मल्लाजोखल्लीका ईश्वरबहादुर नेगीको ट्याक्टर दुर्घटनामा मृत्यु भएको डिलाशैनी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष हरिदत्त पन्तले बताए । 

भारतको हिमाञ्चल प्रदेशको काजा भन्ने स्थानमा मजदुरी गर्दै आएका नेगीको मृत्यु भएको उनले बताए । पैसा कमाउनका लागि भारत गएका बोहराको उतै मृत्यु भएपछि घरपरिवार शोकमा डुबेको छ । मृतक नेगीको घरमा श्रीमति र बालबच्चा रहेका छन् । 

गएको बुधबार नेगीको मृत्यु भएको बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update