Sagun Khabar
सेटीगाउँ बहुमुखी क्याम्पसको बार्षिकोत्सव सम्पन्न, संस्थापकहरुलाई सम्मान 

बैतडी – बैतडीको डिलाशैनी गाउँपालिका ६ स्थित सेटीगाउँ बहुमुखी क्याम्पस ककरपाखाको १२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । गोकुलेश्वर क्षेत्रको अग्रणी शैक्षिक संस्थाको रुपमा रहेको क्याम्पसको बार्षिकोत्सव बिहीबार सम्पन्न भएको हो । 

क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनिलकुमार बिष्टको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सवमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । क्याम्पसको सर्वाङगिण विकासका लागि योगदान गरेको भन्दै पूर्व क्याम्पस प्रमुख परमानन्द जोशी, जग्गादाता गजबहादुर बोहरा लगायतलाई सम्मान गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनिलकुमार बिष्टले बताए । 

बार्षिकोत्सव समारोहमा क्याम्पसका प्रमुख राजेन्द्रप्रसाद जोशीले क्याम्पसको शैक्षिक र भौतिक बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

२०६७ सालमा स्थापना भएको सो क्याम्पसमा अहिले स्नातक तह सम्मको पढाइ हुने गरेको छ । शिक्षा र वाणिज्य संकायमा स्नातक तह सम्मको पढाइ भइरहेको क्याम्पस प्रमुख जोशीले बताए । 

बार्षिकोत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update