Sagun Khabar
बैतडीमा युवायुवती मृत फेला 

बैतडी –बैतडीमा दुईजना युवायुवती मृत फेला परेका छन् । जिल्लाको सिगास गाउँपालिका वडा नं ५ खयरकोटमा दुवै जना एकै रुखको हाँगोमा झुण्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए । 

२१ बर्षीय केशव दमाइ र १८ बर्षीय रमिता विक मृत फेला परेका प्रहरीले जनाएको छ । बिहीबार उनीहरु झुण्डिएको अवस्थामा फेला परेका हुन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

मृतक दुवैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको सिगास गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष राजेन्द्रबहादुर चन्दले जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update