बैतडी प्रहरीद्वारा वृक्षारोपण
बैतडी –बैतडी प्रहरीले वृक्षारोपण गरेको छ । नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षिकोत्सवको अवसरमा जिल्ला प्रहरी कार्यालय बैतडीको पसिरसरमा वृक्षारोपण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीको सहभागितामा विभिन्न प्रकारका विरुवा रोपिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ओखर, बकाइनो लगायतका बिरुवाहरु रोपण गरिएको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९ १७:४७
प्रतिक्रिया दिनुहोस्




