Sagun Khabar
एमाले निकट बुद्धिजीवी परिषद बैतडीले सबै पालिकामा इन्चार्ज तोक्यो , कहाँ को ?

बैतडी- नेकपा एमाले निकट  भातृ संगठन नेपाल बुद्धिजीवी  परिषद बैतडीले दश ओटै पालिकामा  इन्चार्ज तोकेको छ ।  शुक्रबार बसेको  जिल्ला  कार्यसमितिको बैठकले  दश ओटै  पालिकामा  इन्चार्ज तोकेको नेपाल बुद्धिजीवी  परिषद बैतडी  कार्य समिति अध्यक्ष पदम अवस्थीले जानकारी दिए ।

उनका अनुसार दशरथचन्द नगरपालिकाको  इन्चार्जमा माधव भट्ट, पाटनमा  कृष्ण सिंह खत्री, मेलौलीमा दशरथ नायक,  र पुर्चौडी नगरपालिकामा शिवलाल साउँद पालिका इन्चार्ज तोकिएका छन ।

यस्तै पञ्चेश्वर गाउँपालिकाकमा मोति सिंह मंगोला, शिवनाथमा मिन बहादुर चन्द, सिगासमा घनस्याम धामी, सुर्नयामा राजेन्द्र लुहार, दोगडाकेदारमा रघुनाथ जोशी, र डिलाशैनी गाउँपालिकामा  बिश्राम बोहरालाई  इन्चार्जको जिम्मेवारी दिइएको अध्यक्ष अवस्थीले  बताए ।

यस्तै  जिल्ला कार्यसमितिमा  पाँच जना मनोनित  गरेको  बताए ।  डिलाशैनीबाट बिश्राम बोहरा, दोगडाकेदारबाट रघुननाथ जोशी, सुर्नयाबाट राजेन्द्र लुहार, पुर्चौडीडीबाट शिवलाल साउँद, दशरथचन्द नगरपालिकाबाट  दयानन्द जोशी जिल्ला कार्य समितिमा मनोनित भएका बताइएको छ ।

यहि भदौ १५ गतेभित्र पालिका कमिटि पनि बिस्तार गरिने जनाइएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  २०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update