Sagun Khabar
जीर्ण बन्यो सिगासको शिवमन्दिर, मर्मत सम्भारका लागि जागे स्थानीय युवा 
तस्बिर : जीर्ण बनेको शिवमन्दिरको भित्री भाग

बैतडी –बैतडीको सिगास गाउँपालिकास्थित वडा नम्बर २ गाँजरीमा रहेको शिव मन्दिर जीर्ण बनेको छ । सिगास गाउँपालिकाको प्रवेशद्वार पनि मानिने गाँजरीमा रहेको सो ऐतिहासिक मन्दिर मर्मतसम्भार नहुँदा जीर्ण बनेको हो । 

मन्दिर संरचना निर्माणपछि संरक्षण तथा मर्मतसम्भारमा ध्यान नदिँदा जीर्ण बनेको भन्दै युवाहरुले चासो देखाएका छन् । मन्दिर जीर्ण बनेपछि आफूहरुले मर्मत सम्भारका लागि कोष स्थापना गरेर चन्दा संकलन अभियान थालेको स्थानीय सूर्यबहादुर बोहराले बताए । 

मन्दिरको संरक्षण र मर्मतसम्भारका लागि कृष्ण जन्माष्टमीको दिन शिव मन्दिर विकास कोषको स्थापना गरिएको बोहराले बताए । 

कोषका लागि समिति गठन गरेको अहिले विभिन्न ठाउँबाट सहयोग भइरहेको बोहराले बताए । शिवमन्दिरको मर्मत सम्भारका लागि सहयोग गर्न उनले सबैलाई अपिल समेत गरेका छन् । 
 

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update