Sagun Khabar
माओवादीको केन्द्रिय पदाधिकारीमा सुदूरपश्चिमका कोही पनि परेनन् 

बैतडी –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका केन्द्रीय पदाधिकारीमा सुदूरपश्चिम प्रदेश शून्य देखिएको छ । पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा उनले प्रस्ताव गरेका पदाधिकारीहरुको नाममा सुदूरपश्चिमका कुनै पनि नेता परेका छैनन् । 

माओवादी केन्द्रको २९९ सदस्यीय कमिटिमा सुदूरपश्चिमका २३ जना अटाएका भए पनि पदाधिकारी भने कोही पनि नेता परेका छैनन् । 

प्रचण्डले पार्टी महासचिवमा देवबहादुर गुरुङ, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महराको नाम प्रस्ताव गरेका छन् । 

यस्तै उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेल छन् भने दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीलाई सचिव प्रस्ताव गरिएको छ । कोषाध्यक्षमा श्रीराम ढकालको नाम प्रस्ताव भएको छ ।

नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले भने पार्टी संगठनले पूर्णता पाएकाले अब पार्टीको काम अघि बढ्ने बताए । 
 

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update