Sagun Khabar
बैतडीका एक युवक अत्तरीयामा मृत फेला, हत्या भएको परिवारजनको आशंका

बैतडी – बैतडीका एक युवकको शव कैलालीको अत्तरियास्थित एक पसलको ट्वाइलेटमा फेला परेको छ । गोदावरी नगरपालिका–१ वरपिपलमा रहेको चौलागाँई वस्त्रालयमा काम गर्ने अन्दाजी २२ वर्षीय जयन्तबहादुर कार्कीको शव शनिवार साँझ फेला परेको हो । 

बैतडीको डिलाशैनी–७ घर भएका कार्की विगत २ वर्षदेखि उक्त वस्त्रालयमा कार्यरत रहेका थिए । कार्कीको शव शंकास्पद रुपमा फेला परेपछि आफन्तले उनको हत्या भएको आशंका गरेका छन् । 

घटनाको सत्यतथ्य छानबीन हुनुपर्ने परिवारजनले माग गरेका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update