बैतडी- बैतडीमा अहिले चाँड पर्व लक्षित बजार अनुगमन जारी छ । जिल्लाको संयुक्त अनुगमन टोलीले जिल्लाका मुख्य बजारहरुमा अनुगमन गरि रहेको हो ।जिल्लाका मुख्य बजारहरुमा अनुगमन भएपनि ग्रामीण ठाउँका बजारमा भने अनुगमन हुन सकेको छैन् ।
जिल्लाको संयुक्त बजार अनुगमन टोलीले मुख्य मुख्य बजारमा अनुगमन गरिरहेपनि ग्रामीण बजारहरुमा अनुगमन नै हुन नसकेको हो । मुख्य बजारमा रहेका पसलहरुलाई अनुगमन गर्दा लेबल नाघेका अखाद्य बस्तु धेरै फेला परिरहेका बेला सोही बजारबाट लगेर बिक्री गर्ने ग्रामीण बजारका पसल भने अनुगमन भइरहेका छैनन् ।
अहिले ग्रामिण ठाउँका नागरिकहरु लेबल नाघेका उपभोग्य सामान खरिद गरेर खान बाध्य भएपनि अनुगमन नभएको स्थानीय युवाहरुको गुनासो छ । चाँडपर्वको पूर्व सनध्यामा जिल्लाका मुख्य बजारहरुमा अनुगमन हुनु सहि भएपनि ग्रामीण ठाउँका बजार तथा पसलमा नहुनु दुखद भएको स्थानीय केशब भट्टको भनाइ छ ।
ग्रामीण बजार तथा पसलहरुमा अनुगमन नहुनुले लेबल नाघेका सामानहरु बिक्री वितरण भइरहने र यसले नागरिकहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने उनले बताए ।गाउँका पसल बजारहरुमा बाल बच्चा बुढापाखा मान्छेहरु नै सामान किन्ने भएकाले लेबल उनिहरुलाई थाहा नहुने उनले बताए ।उनले भने ‘किन्नेलाई लेबलका बारेमा थाहा हुँदैन व्यापारिलाई सामान बिक्री गर्नुे पर्ने भएकाले थाहा भएपनि बताउँदैनन् । यसमा सम्बन्धित निकायले नै अनुगमनमा चासो दिनु पर्छ ।’ ग्रामिण क्षेत्रमा बजार अनुगमन नहुँदा नागरिकहरु अखाद्य बस्तुहरु खरिद गरेर खान बाध्य भएका छन् ।
यसको रोकथामका लागि अनुगमन आवश्यक रहेको युवाहरुको माग छ । यता जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले ग्रामिण ठाउँमा बजार अनुगमनका लागि स्थानीय सरकारले चासो दिनु पर्ने बताए ।
स्थानीय सरकारलाई अनुगमनको अधिकार भएकाले अनुगमन गर्नुे पर्ने उनले बताए । कालोबजारी नियन्त्रण र अखाद्य बस्तुहरुको बिक्री वितरणमा रोक लगाउन स्थानीय सरकारले अनुगमन गर्नुे पर्ने उनको भनाई छ ।प्रशासनबाट पनि चाँडपर्वको पूर्व सनध्यामा बजार अनुगमन गर्न परिपत्र नगरिएपनि मौखिक रुपले आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भारतीले बताए ।
उनले भने ‘परिपत्र गरिएको छैन् किन भने अनुगमन स्थानीय सरकारको अधिकार क्षेत्र भित्र पर्छ, परिपत्र नगरिएपनि हामिले मौखिक रुपले प्रमुख प्रशासकिय अधिकृतहरु संग बेला बेला भन्ने गरका छौँ ।’स्थानीतहका उपप्रमुख र उपाध्यक्षको संयोजकत्वमा बजार अनुगमन समिति गठन हुने भएकाले उनीहरुले गर्नुे पर्ने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
चाँडपर्व नजिकिएपनि स्थानीय सरकारका जनप्रतिनिधिहरुले भने अनुगमनमा चासो दिएका छैनन् ।




