Sagun Khabar
बैतडीमा एकै परिवारका चार दिदीबहिनी सेना–प्रहरीमा

बैतडी-  बैतडीमा एकै परिवारका ४ दिदीबहिनी सुरक्षा निकायमा कार्यरत रहेको पाइएको छ। बैतडीको मेलौली नगरपालिका–७  गाउँकोटका ८ दिदी बहिनीमध्ये ३ बहिनी नेपाली सेना र एक बहिनी नेपाल प्रहरीमा कार्यरत छन्।

मुन्नी चन्द, इन्द्रा चन्द र अनिता चन्द सेनामा तथा सरिता चन्द नेपाल प्रहरीमा सेवारत छन्। यस्तै दुई बहिनीमध्ये मनिषाले नेपाल प्रहरी र अमृताले नेपाली सेनाको लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्ताको तयारीमा छन्।

बाँकी जेठी बबिता चन्द र माइली मञ्जु चन्द गाउँकै विद्यालयमा शिक्षक छन्। उनीहरु भारतीय सेना गोरखा रेजिमेन्टमा कार्यरत करवीर चन्दका छोरी हुन्। 

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update