Sagun Khabar
राष्ट्रिय युवा संघ बैतडीको जिल्ला अधिवेशन भोलि, तयारी पूरा 

बैतडी –नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ बैतडीको जिल्ला अधिवेशन भोलि हुने भएको छ । जिल्ला सदरमुकाममा सोमबार हुने नवौं अधिवेशनका लागि तयारी पूरा भएको राष्ट्रिय युवा संघका बैतडी इन्चार्ज लोकेन्द्र भण्डारीले बताए । 

अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । अधिवेशनका सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने भण्डारीले दाबी गरे । यद्यपि युवा संघको नेतृत्वका लागि धेरैले आकाँक्षा देखाएका छन् । 
 

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update