Sagun Khabar
एमाले बैतडीको बैठक सम्पन्न , के के भए निर्णय ? 

बैतडी –नेकपा एमाले सम्बद्ध जनवर्गीय संगठन र पेशागत संगठनको संयुक्त बैठक सम्पन्न भएको छ । पार्टीका जनवर्गीय संगठन, पेशागत संगठनका प्रमुखहरुको समेत सहभागितामा बैठक आइतबार सम्पन्न भएको हो । 

एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालको अध्यक्षतामा सम्पन्न भएको बैठकमा एमाले प्रदेश कमिटि अध्यक्ष दामोदर भण्डारी, पार्टीका जिल्ला सहइन्चार्ज एवं केन्द्रिय सदस्य लिलाधर भट्ट लगायतका नेताहरुको सहभागिता रहेको थियो । 

बैठकमा जनवर्गीय संगठन र भातृ संगठनका प्रमुखहरुले आ–आफ्नो प्रतिवेदन पेश गरेको एमाले बैतडीका प्रचार विभाग प्रमुख लोकेन्द्र भण्डारीले बताए । पार्टीको यही भदौ १५ गते हुने बृहत प्रशिक्षणका लागि महासचिव शंकर पोखरेल बैतडी आउने र त्यसको आवश्यक तयारीका लागि समेत बैठकले निर्णय गरेको भण्डारीले बताए । 

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारीका लागि पार्टी महासचिव पोखरेल बैतडी आउने कार्यक्रम रहेको बताइएको छ । यस्तै भोलि हुने राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनका बिषयमा पनि बैठकमा छलफल भएको छ । सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने बिषयमा बैठकले निर्णय गरेको भण्डारीले बताए । 
 

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update