Sagun Khabar
बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु 

बैतडी - बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द  नगरपालिका वडा नं ६ का ४० वर्षिय धर्मेन्द्र  दमाईको भीरबाट लडेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार शनिबार  साढे ८ बजेतिर वडा नं ४ को  गोठलापानी बजारबाट घर जाने  क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका उनको आइतबार मृत्यु भएको हो ।

र्भैसिपुर भीरबाट लडेर घाइते भएका दमाइको आइतबार साढे ९ बजे  जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा मृत्यु भएको प्रहरी बरिष्ट नायब निरीक्षक सुरत बहादुर  चन्दले  जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update