Sagun Khabar
बैतडीमा एक गर्भवती महिलाको हवाई उद्धार 

बैतडी बैतडीमा सुत्केरी व्याथा लागेकी एक महिलाको हवाई उद्धार गरिएको छ । सिगास गाउँपालिका ६ थलाकी २० वर्षीय बिन्दु धामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरि सुर्खेत लगिएको हो ।

सोमबार बिहान साढे ११ बजे थालाकाँडाबाट धामीलाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने ‘धामीलाई प्रादेशिक अस्पताल सुर्खेतमा पुर्याएको जानकारी आएको छ ।’

शनिबार  सुत्केरी व्याथा लागेपछि थालाकाँडा स्वास्थ्यचौकीमा भर्ना भएकी धामी सुत्केरी हुन नसकेपछि हवाई उद्धार गरिएको हो । धामीको शल्यक्रिया मार्फत प्रसुती गराउनुपर्ने अवस्था देखिएकाले हवाई उद्धार गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए । 

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सुत्केरी हवाई उद्धार कार्यक्रम अन्तर्गत हेलिकोप्टर मगाएर उद्धार गरिएको हो । जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र गाउँपालिकाको समन्वयमा गर्भवतीको हवाई उद्धार गरिएको बताइएको छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update