Sagun Khabar
‘जनताको साथमा कांग्रेस’ अभियान, बैतडीमा तिमिल्सना केन्द्रीय प्रतिनिधि 

बैतडी –नेपाली कांग्रेसले देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई केन्द्रित गरेर अभियान सञ्चालन हुने बताइएको छ । 

भदौ १० देखि शुरु हुने अभियानका लागि बैतडीमा केन्द्रिय प्रतिनिधिको रुपमा केन्द्रिय सदस्य विद्यादेवी तिमिल्सनालाई खटाइएको छ । भदौ २४ गते सम्म सञ्चालन हुने अभियानका लागि तिम्लिसेनालाई केन्द्रिय प्रतिनिधिको रुपमा खटाइएको हो । 

पार्टीको तल्लोस्तरको संगठनलाई चलायमान बनाउन अभियान सञ्चालन गर्ने तयारी भएको नेपाली कांग्रेसका महासमिति सदस्य उत्तरबहादुर ऐरले बताए । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारी स्वरुप अभियान सञ्चालन गरिने ऐरले बताए । उनले भने ‘पार्टीको संगठनलाई चलायमान बनाउन सकिएन् भने पार्टी अघि बढ्न सक्तैन् । त्यसैले यस्ता अभियानले पार्टीलाई चलायमान बनाउन सहयोग मिल्छ ।’

पार्टीले केन्द्रिय प्रतिनिधिको रुपमा बैतडी खटाएपछि केही दिनमै बैतडी पुग्ने केन्द्रिय सदस्य तिमिल्सनाले बताइन् । पार्टीको केन्द्रिय समितिको निर्देशन अनुसार आफू अभियानमा सक्रिय हुने उनले बताइन् । उनले भनिन् ‘ म केही दिनभित्रै बैतडी पुग्दैछु । सबै तहका साथीभाइ र दीदीबहिनीहरुको सहयोग पाउनेछु । पार्टीको संगठनलाई बलियो बनाउन सहयोग गर्नेछु ।’

यसअघि कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर घरघर जाऔं, कांग्रेस जिताऔं अभियान सञ्चालन गरेको थियो । 
 

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update