बैतडीमा कोरोना विरुद्ध खोप अभियानमा बासका स्वयंसेवक सहयोग गर्दै
बैतडी –बैतडीमा कोरोना विरुद्ध खोप अभियानमा स्वयंसेवकहरुले सहयोग गर्दै आइरहेका छन् । बागेश्वरी असल शासन क्लब (बास)का स्वयंसेवकहरुले खोप अभियान सहयोग गरिरहेका बासका सामाजिक परिचालक रेजिना टेलरले बताइन् ।
जिल्लाको दशरथचन्द नगरपालिकामा २३ जना स्वयंसेवकहरुले खोप अभियानमा सहयोग गरिरहेका टेलरले बताइन् । स्वयंसेवकहरुले गाउँगाउँमा पुगेर खोप नलगाएकाहरुको तथ्यांक संकलन गर्ने, खोप नलगाएकाहरुलाई सम्बन्धित स्वास्थ्य संस्थामा पुर्याउने र बालबालिका लक्षित खोप अभियानमा सहयोग गरिरहेका उनले बताइन् ।
युनिसेफ नेपालको सहयोगमा बासले सञ्चालन गरिरहेको कार्यक्रम अन्तर्गत सीमा नाका झुलाघाटमा रहेको हेल्थ डेस्कमा स्वयंसेवकहरुले सहयोग गरिरहेका बताइएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९ १७:१९
प्रतिक्रिया दिनुहोस्




