Sagun Khabar
बैतडीमा एसइइ ग्रेड वृद्धिका लागि ५ ओटा परीक्षा केन्द्र, कुन पालिकाका विद्यार्थी कहाँ ? 

बैतडी – माध्यमिक शिक्षा परीक्षा (एसइइ) ग्रेड वृद्धिका  लागि बैतडीमा केन्द्र तोकिएका छन् । जिल्लामा एसइइको ग्रेड वृद्धिका लागि पाँच ओटा केन्द्र तोकिएका हुन् ।

जिल्लाको कृष्ण मावि पाटन, बिरेन्द्र मावि साहिलेक, मणिलेक मावि काँडा , दशरथचन्द मावि सुन्दररखाली र निङ्गलाशैनी मावि देहमिाण्डौँ एसइइको ग्रेड वृद्धिका लागि परीक्षा केन्द्र तोकिएका शिक्षा विकास  तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी  पुष्करराज शर्माले  जानकारी दिए । 

उनका अनुसार पाटन नगरपालिका र सुर्नयाका विद्यार्थीहरुले केन्द्र नं एक कृष्ण मावि पाटनमा परीक्षा दिन पाउने छन् । दशरथचन्द नगरपालिका, डिलाशैनी गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विद्यार्थीहरुका लागि सदरमुकामा रहेको  विरेन्द्र माबि साहीलेक परीक्षा केन्द्र तोकिएको छ । 

यस्तै केन्द्र नं ३ मणिलेक मावि काँडा मेलौली र शिवनाथ गाउँपालिकाका विद्यार्थीहरुका लागि  तोकिएको छ । पुर्चौडी र सिगास गाउँपालिकाका विद्यार्थीहरुको लागि केन्द्र नं ४ दशरथचन्द मावि सुन्दरखाली तोकिएको छ ।

यस्तै निङ्गलाशैनी मावि देहीमाण्डौं दोगडाकेदार  गाउँपालिका र  दशरथचन्द नगरपालिकाका विद्यार्थीहरुका लागि केन्द्र निर्धारण गरिएको  छ ।  

एसइइको ग्रेड वृद्धिका परीक्षा भदौ ११ र  १२ गते  हुँदैछन् । बैतडीबाट एसइइ ग्रेडवृद्धि परीक्षामा २७ सय २०  विद्यार्थी सहभागि हुने शिक्षा विकास तथा समन्वय  इकाइका सूचना अधिकारी शर्माले बताए । एक मात्र विषयको  ग्रेड वृद्धि गर्नेको ११ गते र एक विषय भन्दा बढी विषयको ग्रेड वृद्धि गर्ने विद्यार्थीको परीक्षा ११ र  १२ गते हुने  बताइएको  छ । 

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update