Sagun Khabar
राष्ट्रिय युवा संघ बैतडीको पहिलो बैठक सम्पन्न, स्थानीय प्रशासनलाई ज्ञापन पत्र बुझायो 

बैतडी –राष्ट्रिय युवा संघ बैतडीको जिल्ला कमिटिको पहिलो पटक सम्पन्न भएको छ । सोमबार नयाँ नेतृत्व चयन भएपछि पहिलो बैठक बसेको हो । युवा संघ बैतडीका अध्यक्ष महेन्द्र चन्दको अध्यक्षतमा बसेको बैठकमा युवा संघका केन्द्रिय सचिव एवं सुदूरपश्चिम इन्चार्ज विष्ना चन्द प्रमुख अतिथी रहेकी थिइन् । बैठकमा राष्ट्रिय युवा संघका सुदूरपश्चिम सह–इन्चार्ज देवेन्द्र कुँवर बिशिष्ट अतिथी रहेका थिए । 

बैठकले जिल्लाका १० ओटै स्थानीय तहमा संघको संगठन विस्तार गर्ने निर्णय गरेको राष्ट्रिय युवा संघ बैतडीका इन्चार्ज लोकेन्द्र भण्डारीले बताए । यस्तै यही भदौ १५ गतेका दिन पार्टी प्रशिक्षणका लागि एमाले महासचिव शंकर पोखरेल बैतडी आउने र त्यसको तयारीमा लाग्ने निर्णय पनि भएको उनले बताए । 

यसैबीच राष्ट्रिय युवाले संघले विभिन्न माग राख्दै स्थानीय प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ । जिल्लामा महंगी नियन्त्रण हुनुपर्ने, मनोमानी भाडादर नियन्त्रण हुनुपर्ने, पेट्रोलियम पदार्थमा देखिएको कालोबजारी र समस्या समाधान हुनुपर्ने माग राखेको छ । 

प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्र जिल्लाको मेलौलीदेखि पञ्चेश्वर विद्युत सेवा विस्तार गर्ने ठेकेदारले लापरवाही गरेकाले तत्काले काम सुचारु हुनुपर्ने, पाटन –सकार जोड्ने पुल लामो समयदेखि अलपत्र रहेकाले पुल निर्माण कार्य अघि बढ्नुपर्ने कुरा ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

Yuba sangh Gyapan1661247216.jpg

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update