बैतडी- बैतडीमा थप ४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी बिपीन लेखकले जानकारी दिए ।
झुलाघाट नाकामा गरिएको परीक्षणमा एक जना र जिल्ला अस्पताल बैतडीमा भएको परीक्षणमा ३ जनामा संक्रमण देखिएको उनले बताए ।
३ जना पुरुष र एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी लेखकका अनुसार दशरथचन्द नगरपालिका वडा नं ७ का २ जना , वडा नं ४का १ जना , र बझाङ्ग जिल्लाका १ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै मंगलबार १० जना कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । बैतडीमा अहिले कोरोनाका ५५ जना सक्रिय संक्रमित रहेका छन् ।
सक्रिय संक्रमिति मध्ये दशरथचन्द नगरपालिकामा ३४ जना, पाटन नगरपालिकामा १ जना, पुरर्चौडी नगरपालिकामा ३ जना र दोगडाकेदार गाउँपालिकामा १ जना रहेका छन् । यस्तै बैतडीमा जिल्ला बाहिरका ५ जना काेराेनाका सक्रिय संक्रमित रहेका छन् ।





