सुदूरपश्चिममा थप ७५ जनामा कोरोना पुष्टि
बैतडी –सुदूरपश्चिममा मंगलबार थप ७५ जनामा कोरोना पुष्टि भएको छ । पीसीआर र एन्टीजेन विधिबाट ८ सय १ जनाको नमूना परीक्षण गर्दा थप ७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ ।
पीसीआर विधिबाट परीक्षण गर्दा कैलालीका १५, कञ्चनपुरका २, डडेल्धुरा र अछामका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टीजेन विधिबाट परीक्षण गर्दा कञ्चनपुरमा ४१, कैलालीमा १०, बैतडीमा २, दार्चुला र डोटीमा एक ÷एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९ १८:२५
प्रतिक्रिया दिनुहोस्




