Sagun Khabar
बैतडीमा शिक्षक अभावको कुरा फेसबुकमा लेख्दा विद्यार्थी माथि हातपात, हात खुट्टा भाँच्ने धम्की 

बैतडी- बैतडीको एक विद्यालयका प्रधानाध्यापक तथा लेखापालले विद्यार्थी माथि हातपात गरेको आरोप लागेको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ४ स्थित उदयदेव मावि पालिगडाका प्रधानाध्यापक कालु  सिंह साउँद र लेखापाल केशब साउँदले सोही विद्यालयका विद्यार्थी जयन्त प्रशाद भट्ट माथि हात पात गरेको आरोप लागेको हो । 

विद्यालयमा अर्थशास्त्र विषयको शिक्षक अभाव बारे आफुले फेसबुकमा लेखेको कुरालाई लिएर एसइइ ग्रेड वृद्धि परीक्षाको प्रवेश पत्र बुझन विद्यालयमा गएकाबेला हातपात गरेको विद्यार्थी भट्टले बताए ।उनले भने ‘सोमबार विद्यालयमा प्रवेश पत्र लिन गएको थिए, प्रधानाध्यापक र लेखापालले दुरव्र्यवहार गरेर हातपात गरे ।’ ऐच्छीक विषय अर्थशास्त्रको  शिक्षक अभाव भएको कुरा फेसबुकमा किन लेखिस भनेर आफु माथि गालीगलौच सहित हातपात गरेका उनले बताए ।

उनले  भने ‘मैलै केहि दिन पहिले अर्थशास्त्र विषयको  शिक्षक अभाव भएको  यर्थात कुरालाई फेसबुकमा लेखेको थिए त्यो  किन लेखिस भनेर गालीगरे म माथि हातपात भयो ।’ प्रधानाध्यापकले कपाल समातेर  आफुमाथि दुरव्र्यवहार गरेको र लेखापालले तेरो हातखुट्टा भाँच्छु भन्ने धम्की दिएर थर्काएको विद्यार्थी भट्टले बताए । जयन्तप्रशाद भट्ट सोही विद्यालयका भुतपूर्व विद्यार्थी हुन् । उनले २०७८ सालमा एसइइ दिएका थिए । 

यता विद्यालयका प्रधानाध्यापक कालु सिंह साउँदले हातपात नगरेको र झुट्टा कुरा किन लेख्छौ भनेर सम्झाएको बताए । हातपात दुरव्र्यवहार, धम्की गालीगलौच ग¥यो भनेर आफुहरु माथि मिथ्या आरोप लगाएको उनले बताए ।उनले भने ‘विद्यालयमा अर्थशास्त्र विषको शिक्षक छैन भन्ने कुरा, कक्षाकोठामा शिक्षक आउँदैन्न भन्ने कुरा लेखेर किन विद्यालयको बदनाम गछौँ भनेर सम्झाएका मात्रै हौँ, हातपात कसैले गरेन झुट्टा हो।’ विद्यालयमा अर्थशास्त्रको मावि शिक्षक नभएपनि निमावि शिक्षकले पढाउने गरेका प्रधानाध्यापक साउँदे बताए ।

निजी स्रोतबाट सञ्चालनमा रहेको विद्यालयमा अर्थशास्त्र विषयको मावि शिक्षक नभएपनि सक्षम शिक्षकहरुले अध्यापन गर्ने गरेका र बालबालिका पढाइबाट बञ्चीत नभएका विद्यालय स्रोतले दावी गरेको छ ।

विद्यालयमा भइरहेका नराम्रा गतिविधि र कमिकमजोरीका बारेमा विद्यार्थी जयन्त आवाज उठाइरहने भएकाले सोही  रिसिबिका कारण उनिमाथि हातपात भएको एक जना विद्यार्थीले  बताए । 
विद्यार्थी माथि हातपात भएको कुरा बाहिर आएपछि समाजिक सञ्जालमा अहिले सत्य तथ्य  बुझेर शिक्षकहरुलाइ कारबाही हुनुपर्ने आवाज पनि उठिरहेका  छन् । 

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update